×

वीरगञ्ज १८ मंसीर ।  नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनीधिमा पर्साका दिग्गज नेताहरुले अधिवेशनमा हारको सामना गर्नु परेको छ । 

पुर्व जिल्ला सभापति, पुर्व सांसद, जनप्रतिनिधिहरु, प्राध्यापकहरु, महिला नेतृहरु लगायतले महाधिवेशनमा हार वेहोर्नुपरेको हो । 

नेपाली काङ्ग्रेस पर्साका पूर्व सभापति एवम् पुर्व साँसद तथा शहीद तेज बहादुर अमात्यका पुत्र राजेन्द्र बहादुर अमात्य, हरि खेतान क्याम्पसका क्याम्पस प्रमुख डा.भगवान यादव, उप प्राध्यापक डा.सुष्मा तिवारी, ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व सहायक प्रमुख एवम् नेपाली काङ्ग्रेस पर्साका बहारवाला जिल्ला सचिव रोशन लामिछाने, काङ्ग्रेस नेता एवम् नेत्रज्योती संघका पुर्व महासचिव श्याम पोखरेल, जनप्रतिनिधिहरु हविव मियाँ, ध्रुब नेपाल, ब्रहमदेवराउत कुर्मी, पत्रकार अशोक तिवारी, काङ्ग्रेस नेता जोखन दास थारु, महिला नेतृहरु रुपा देवी श्रेष्ठ, बिद्या श्रेष्ठ उत्तमा प्याकुरेल, काग्रेस नगरसभापति भोला कलवार, हरेन्द्र सिंह, बिर बहादुर यादवले अनपेक्षित हार बेहोरेका हुन् । 

नेपाली काङ्ग्रेस पर्साले लोकतन्त्रको नाममा गरेको निर्वाचन अभ्यासले पार्टीपंक्तिभित्र तिक्तता बढाउने आशंका उत्पन्न भएको छ । अन्तरकलह र अन्तरघातको श्रृखंलाका कारण लामो समयदेखी पराजयको पीडा भोगेको काङ्ग्रेसले यो निर्वाचनबाट पनि विगतकै समस्याले निरन्तरता पाएको आभाष नेता कार्यकर्ताले गरेका छन् । 
 
नेपाली काङ्ग्रेसमा कार्यकर्ता पंक्तिले काम गर्नेहरुको मूल्याकंन गर्ने भएपनि नेताहरुले पार्टी भन्दा पनि आफ्ना मान्छे बनाउने काम गरेपछि काङ्ग्रेस एकताले सार्थकता पाउन सकिरहेको छैन । 
 
यसअघिका निर्वाचनमा हुने गरेको अन्तरघात र अन्तर कलहको समस्या यो निर्वाचनमा पनि पुनः दोहोरिएपछि आगामी निर्वाचनमा पार्टीले ठूलो क्षति बेहार्ने अवस्था आउन सक्ने काङ्ग्रेसकै नेता कार्यकर्ताहरुले विश्लेषण गर्न थालेका छन् । 

निर्वाचनमा विजयी हुनेको खुशी र पराजय भोग्नेको निराशाले गर्दा पार्टी अन्तर कलह र अन्तरद्वन्दले कहिलै पनि अछुत रहन नसक्ने अनुमान सहजै लगाउन सकिन्छ । 
 

Back to top