×

वीरगञ्ज १४ मंसिर । वीरगञ्जको माइस्थानस्थित कमल सर्राफको रामा भाडा पसलमा प्रहरीले छापामारी गरि ३२ थान ग्यास चुलाे नियन्त्रणमा लिएकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टोलीले छापामारी गरि सुर्या ब्राण्ड नामको ग्यास चुलाे बरामद गरेको छ भने  प्रतिमा चौकमा रहेको उनकै गाेदाममा पनि छापामारी भईरहेको प्रहरीले जनाएको छ ।

सर्राफको रामा भाडा पसलले सुर्या ब्राण्डको नक्ली र कमसल ग्यास चुलाे बनाएर बिक्री गर्दै आएको उजुरी परेपछि  छापामारी गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 

 

Back to top