×

वीरगञ्ज, १० मंसिर ।  पर्साको धोबिनी गाउँपालिकाका सामुदायीक विद्यालयहरुमा रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि रोकिएको दिवा खाजा मंसिर ७ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

धोबीनी गाउँपालिकाले कार्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि त्याहाँस्थित १७ वटा सामुदायीक विद्यालयहरुमा दिवा खाजा पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताए । वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भिखमपुर पिपरामा पुगेर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह, गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्ज्य यादवसहितको टोलीले दिवा खाजा कार्यन्वयन भए/नभएको बारेमा अनुगमन गरेको छ ।

गरिब, जेहेन्दार एवम् दलित परिवारका बालबालिकाहरुको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । दिवा खाजाकै परिणामस्वरुप विद्यालयमा विद्यार्थीहरुको संख्या पनि बढेको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । 

विद्यालयमा भर्ना भएपनि विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई पनि पुनः विद्यालय फर्काउन पहल भइरहेको विद्यालयका प्रधानाध्यापक बताउँछन् । दिवा खाजाको प्रभावकारीता सम्बन्धी गाउँपालिकाभित्रका हरेक सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत साहको भनाई छ ।

अुनगमनकै क्रममा मासिव रक्तश्रावका कारण छात्राहरु विद्यालय आउन नसक्ने अवथालाई मध्यनजर गर्दै विद्यालयलाई ८ हजार पिस सेनेटरी प्याडसमेत हस्तान्तरण गररएको छ ।

सो अवसरमा विद्यार्थीहरुले शिक्षक अभावका कारण विज्ञान विषयको पठनपाठन प्रभावित भएको गुनासो गरेका थिए । विद्यार्थीहरुको गुनासोलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले समस्या समाधानका लागि पहल गरेर शिक्षक परिपुर्ती गर्ने प्रतिबद्धता जनाएका छन् । 
 

Back to top