×

वीरगञ्ज, ९ मंसिर । देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।

देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्ण रुपमा नखुलेको हो  ।

तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । यी क्षेत्रमा राति पनि हिमपात हुने उनको अनुमान छ । 
 

Back to top