×

रौतहट  ८ मंसिर । हत्यारालाई जोगाउन उल्टै पीडितहरु माथिनै हत्याको आरोप लगाउन षड्यन्त्र गर्न थालेपछि रौतहट स्थित एक परिवार न्यायको लागि गुहार माग्दै हिंडेका छन ।
हत्याको आरोपमा फरारभएकाहरो आफन्तले उल्टै पीडित माथिनै हत्या गरको झुठो षड्यन्त्र गर्न थालेपछि स्थानीय देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सुरेश तिवारी दाजुभाइको परिवार न्यायको लागि गुहार माग्दै हिंडेका हुन् ।

दाजु सुरेश तिवारी, माहिला उमेश तिवारी र  पीडित महेश तिवारीसहितले बुधबार रौतहटको चन्द्रपुर स्थित पत्रकार सम्मेलनको आयोजना गरि  आफ्नो दुखेसो सुनाउंदै न्यायको लागि संचारकर्मीहरुलाई गुहार मागेका छन ।स्थानीय रामएकवाल मुखियाको योजनामा भएको संघातिक हमलामा श्रीमती गुमाएका ५३ बर्षिय महेश तिवारीले यसरी आफ्नो पिडा सुनाए ।

झन्डै डेढ बर्ष अघि स्थानीय रामएकवाल मुखिया बिनको परिवार र प्रमोद दुबेको परिवार बीच जग्गाको बिषय लिएर बिवाद भएको थियो । सोही बिवाद लाई लिएर मुखियाका छोरा भाइ भतिजले दुबे दाजु भाई माथी २०७७ जेठ महिनामा घरेलु हतियार प्रयोग गरि घाइते बनाएको थियो । प्रत्येक्षदर्शिको हैसियतले मैले दुबेको गवाही बनेर जिल्ला अदालत गौरमा बयान दिएको पीडित तिवारीले बताए ।

मेरो बिपक्षिको तर्फ बाट किन बयान दिइस पख तंलाई नमारी छोड्दिन भन्दै रामएकवाल मुखिया बिन, उनका दाजुभाइ तथा भाई भतिजले पटकपटक भेटहुंदा धम्की दिंदै आएका थिए ।
सो घटनाको ५ महिना पछि २०७७ असोज ९ गते राती साढे ८ बजे खाना खाएर आफ्नै घर अगाडि कुर्सीमा बसिरहेको अवस्थामा मुख्य योजनाकार रामएकवाल सहित झन्डै एक दर्जनको संख्यामा उनका आफन्तहरुले धारिलो हतियारले म र मेरो श्रीमती जयरानी देवि तिवारी माथि लखेटी लखेटी संघातिक हमला गरे । 

संघातिक आक्रमणमा परेर घाइते भएको श्रीमती लाई उपचारको लागि बिरगंज लैजाने क्रममा जयरानी तिवारीको मृत्यु भएको तथा आफू एकहप्ता कोमामा रहेर एलएस न्युरो अस्पतालमा उपचार पछि बल ज्यान बचेको पीडित महेश तिवारीले पत्रकार सम्मेलनमा बताए ।

हत्यामा संलग्न रहेकाहरु अछेलाल मुखिया बिन,कबिन्द्र मुखिया,बलि मुखियालाई घटनाकै राती गाउँकै विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । आरोपी मध्ये राधेश्याम मुखियालाई घटनाको ३ महिना पछि पर्सा बाट र राजकुमार मुखियालाई १० महिना पछि प्रहरीले घरै बाट पक्राउ गरेको तिवारीले बताए । 

कर्तव्य ज्यान,ज्यान मार्ने उधोग तथा अंगभंग मुद्दा ईलाका प्रहरी कार्यालय गरुडामा दर्ता भएका ११ जना मध्ये ५ जना पक्राउ परेका छन भने मुख्य योजनाकार रामएकवाल मुखिया, सोनालाल मुखिया, प्रदीप मुखिया, कृष्ण मुखिया, शिवकुमार मुखिया, चुनचुन मुखिया अझै फरार छन । पक्राउ परेका मध्ये राधेश्याम मुखिया पुनराबेदन अदालतको आदेशमा पक्राउ परेको ३ महिना पछि छुटेका थिए ।

संघातिक हमला  पछि लगातार साढे २ महिना सम्म एलएस न्युरो अस्पताल बिरगंजमा उपचार पछि केहि समय भारतमा उपचार गराएको तथा ३ दिन अघिमात्र काठमाडौ स्थित  ट्रमा सेन्टरमा देब्रे हातको अपरेसन गराएर आएको हात देखाउंदै महेश तिवारीले पत्रकार सम्मेलनमा बताए।सामान्य खेती किसानी तथा सानो कुखुरा फर्म संचालन गरिबसेका पीडित तिवारीले हालसम्म उपचारमा झन्डै ३० लाख रुपैया खर्च भैसकेको सुनाए ।

घटना पछि आरोपी रामएकवालका केहि नजदिकका मानिसले ३५ लाख रुपैया लिएर मुद्दा मिल्ने प्रलोभन दिए तर आफुले दोषी माथी कार्वाही हुनुपर्छ भने पक्षमा रहेको उनले खुलासा गरे ।
 घटना पछी मुखियाका परिवारका हाम्रो घरतिर कोई आउँदैनन र हाम्रो परिवारको कोई सदस्य उता जांदैनन ।  मुखिया परिवारको अन्याय देखेर टिकुलिया गाउँका उनको आफन्त बाहेक सम्पुर्ण गाउँलेहरुले बहिष्कार गरेका छन ।

यसैबीच रामएकवाल मुखियाका आफन्त देवाही गोनाही नगरपालिका  ५ टिकुलियाका मृतक  संजय मुखियाको ५ बर्षिय छोरा आकाश मुखिया र ३ बर्षिय छोरा विकास मुखियाले गत कार्तिक २८ गते मुसा मार्ने औषधि खाएर गम्भीर भए । दुबैजना बालकलाई घरमै राखेर संजय मुखियाका श्रीमतीले एकजना आफन्त गाउँघरका झोले डाक्टर जियालाल मुखिया लाई  बोलाएर उपचार गराए ।

संजय मुखिया वैदेशिक रोजगारीमा साउदीमा रहेकाले उनको श्रीमतीले दुबैजना बालक लाई उपचारको लागि केहि समय संजिवनी अस्पताल शिवनगर,त्यसपछि अनामिका अस्पताल गरुडामा राखे । राती अवस्था सिकिस्त हुंदा थप उपचारको लागी बिरगंज स्थित तराई अस्पतालमा लैजांदा कान्छो छोराको सोही रात र जेठाको भोलिपल्ट मृत्यु भएको प्रहरीले बताएका थिए । लगातार २ दिनसम्म उपचारको क्रममा प्रहरी समक्ष बयान दिंदा संजय मुखियाको श्रीमती तथा आमाले कसैको नाम न लिएको प्रहरीले बताउँदै आएका छन ।

तर मृतक दुबैजना बालकको शव नारायणी अस्पताल बिरगंज बाट पोष्टमार्टम भएर आएपछि फरार रहेका अघिल्लो हत्याका मुख्य योजनाकार रामएकवालका केहि आफन्तले घटना लाई राजनीतिक रुप दिए । दुबै बालकको शब बोकेर गरुडामा गत कार्तिक २९ गते प्रदर्शन गर्दै पीडित महेश तिवारीका दुईजना दाजु सुरेश तिवारी,उमेश तिवारी,उनका छोराहरु राजेश तिवारी ,रमेश तिवारी,रंजित तिवारीले बिष ख्वाएर मारेको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिए ।

उक्त जाहेरी दर्ता गर्न मुखियाका आफन्त  एकजना स्थानीयतहका प्रमुख,एकजना पुर्व सांसद तथा केहि नेताहरूले प्रहरी माथी पटकपटक दवाब दिंदै आएका छन। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख  डिएसपी श्रीराम  भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवाएको हो अहिले सम्म खुलेको छैन । संजय मुखियाको घर छेउमा मुसा मार्ने औषधिको पुरिया बरामद भएकाले उक्त पुरिया जांचको लागि पठाएको घटनाको  सन्दर्भमा गहन रुपमा अनुसन्धान गरिरहेकको बताए । 

अर्थात प्रहरीले आज बुधबार सम्म उक्त जाहेरी दर्ता गरेका छैनन् । उता रामएकवालका एकजना आफन्तले पहिलो मुद्दा फिर्ता गरेमा यो मुद्दा कसै माथि नगर्ने फिर्ता नलिएमा जसरी पनि मुद्दा दर्ता गराउने धम्की दिंदैआएको महेश तिवारीले बताएका छन् ।

Back to top