×

वीरगञ्ज, ८ मंसिर ।   पर्साको धोबिनी गाउँपालिका–२ भिखमपुर स्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विषयगत शिक्षकको अभावमा पठनपठन प्रभावित भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
बुधबार उनीहरु नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेर्न पुगेका थिए । गाउँपालिका कार्यालयको गेट बन्द गरिएपछि उनीहरुले बाहिरै प्रदर्शन गरेका थिए । विद्यार्थीको हुल गाउँपालिका कार्यालय भित्र जर्बजस्ती पस्न खोजेका थिए ।

विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन गर्नमा भन्दा राजनीतिमा समय खर्च गरेर शिक्षकले आफूहरुको भविष्यमा खेलबाड गरेको आरोप विद्यार्थीले लगाएका छन् । विद्यालयका प्रधानाध्यापक ध्रुब राम विरुद्ध मुद्धा गरेर हटाईएको र निमाविको शिक्षकलाई प्रधानाध्यापको जिम्मेवारी दिईएको विद्यार्थीले जानकारी दिएका छन् ।

विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने २ जना, अधारभूत तहमा ३ जना र प्रा.वि तहमा ५ जना शिक्षक कार्यरत छन् । कोरोना महामारी पछि विद्यालय खुलेयता शिक्षक नभएका कारण विज्ञान, नेपाली, अर्थशास्त्र र स्वास्थ्य विषयको अध्यापन हुन नसकेको कक्षा १० का विद्यार्थी कृष पटेलले जानकारी दिए । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिबाट समस्याको समाधान नभएपछि गाउँपालिका पुगेको तर कार्यालय प्रवेशमा रोक लगाएपछि बाहिरै नाराबाजी गरेको उनले बताए ।

‘ विषयगत शिक्षक नहुँदा राम्रोसँग पढ्न पाएका छैनौं, एसइई नजिक आईसक्यो ।’ उनले भने ‘ प्रअलाई भन्यौ, व्यवस्थापन समितिलाई जानकारी गरायौं, कतैबाट समस्याको समधान नभएपछि गाउँपालिका कार्यालय गएका हौं । तर त्यहाँ पनि ढोका बन्द गरेपछि प्रदर्शन गर्न बाध्य भयौं ।’

उँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले शिक्षकको बन्दोबस्त गरिदिने आश्वासन दिएपछि विद्यार्थी साँझ घर फर्किएका छन् । ‘विद्यार्थीले उठाएका विषयगत शिक्षक, दिवा खाजा लगायत माग जायज छन् । ती माग पुरा गर्ने आश्वासन दिएको छु ।’ उनले भने ‘ विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर पठाएपछि प्रक्रिया अघि बढ्छ । शिक्षकका लागि आवश्यक तलबको बन्दोबस्त म गराउँछु ।’

विद्यालयका प्रधानाध्यापक ध्रुव राम विरुद्ध उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा अदालतमा मुद्धा परेपछि नि.मा.वि.तहका शिक्षक बिनय पटेललाई प्रधानाध्यापक बनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललन राउत कुर्मीले समस्या समधानका लागि पहल भईरहेको बताए ।

भिडियो हेर्नुहोस् ।
 

Back to top