×

वीरगञ्ज, ८ मंसिर ।  जिल्ला प्रहरी कार्यालय पर्साले ७ लाख २९ हजार मूल्य बराबरको भन्सार छलिका सामाग्री बरामद गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्जको ईनर्वा गाउँ, नगवा र छपकैयाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको भन्सार छलिका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा विभिन्न लत्ता कपडा र हार्डवेयरका पार्टसहरु बरामद गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रवक्ता खनालका अनुसार बरामद सामाग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

Back to top