×

वीरगञ्ज, ८ मंसिर ।  प्रेस सेण्टर नेपाल पर्साको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले गोरखापत्र दैनिकका वीरगञ्ज समाचारदाता एंव रेडियो सान्भीका समाचार प्रमुख दिपक गौतमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको महिला उपाध्यक्षमा सोनम गौतम, उपाध्यक्ष कृष्णमोहन साह, सचिव शिवनाथ यादव, सहसचिव राम मण्डल, कोषाध्यक्ष सुमन खरेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा समिना रञ्जितकार, मेघराज राय, अनिल साह, प्रणय साह, सनम श्रेष्ठ, माधव तिमिल्सिना, दिगम्बर थापा, अजित भूजेल, सब्दर हुसैन, रितेन्द्र झा रहेका छन् ।

एकजना सहसचिव र एकजना सदस्य भने पछि थप गरिने भएको छ । सम्मेलनबाट केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष निरज पिठाकोटे मगर, जगत राई, सन्तोष पौडेल र प्रदेश प्रतिनिधिहरुमा शिवनाथ प्रसाद यादव, मूनेश लायो मगर, राम मण्डल, अशोक श्रीवास्ताव, संजित कुमार गुप्तालाई चयन गरिएको छ । प्रेस सेण्टर पर्साका अध्यक्ष निरज पिठाकोटेको अध्यक्षतामा भएको सम्मेलनको प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य गोविन्द देवकोटाले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार समितिका सदस्य एवं जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, नेकपा माओवादी वीरगन्ज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक, अध्यक्ष रहबर अन्सारी, प्रेस सेण्टर नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य कृष्ण उदास खनाल, अनेरास्ववियुका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम, अनेरास्ववियु जितपुर सिमरा उपमहानगरपालिकाका अध्यक्ष दिपेन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चाल शिवनाथ यादवले गर्नुभएको थियो ।

Back to top