×

वीरगञ्ज, ७ मंसिर ।   वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित मदरसा तौहिदूल इस्लाम सलफिया माद्यामिक विद्यालयमा साइकल वितरण गरिएको छ ।

प्रदेश नम्बर २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत कक्षा ८ उत्तिर्ण गरेर ९ मा अध्ययनरत ५० जना छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कुरेश राउत गद्दीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शमशेद अख्तरको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले साइकल वितरणले टाढाका छात्राहरुलाई विद्यालय आवतजावतमा सहज हुनुका साथै साइकल पाउने आशमा पनि विद्यालय बाहिर रहेका छात्राहरुको उपस्थिती बढ्ने विश्वास व्यक्त गरे ।

यस्तै बहुअरीको मुस्लिम टोलमा अवस्थित विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण, वडा सदस्य रफिक अन्सारी, समाजसेवी रउफ अन्सारी, जहिरुदिन अन्सारी, एकवाल हैदर, अब्दुल खैर अन्सारी, डा. हसिबु रहमान, समसाद अलि, इमामोदिन अन्सारी, मेहरुल नेशा, सिमा खातुन, नुरनेशा खातुन, अब्दुल सलमोदिन अन्सारी, अफलाक अन्सारी लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top