×

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन्। ६० जिल्लाका १ सय ४५ क्षेत्रमा अधिवेशन हुन लागेको हो।

जसबाट तीन हजार ६ सय पच्चीस प्रतिनिधि छानिने भएका छन्। 

क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि चयन गर्नेछ। क्षेत्रीय सभापतिले पनि महाधिवेशन प्रतिनिधिसमेतको भूमिका पाउनेछन्।

नेपाली काँग्रेसको विधानअनुसार हरेक प्रतिनिधिसभा क्षेत्रबाट २५ प्रतिनिधि छनोट हुने प्रावधानअनुसार आज हुने क्षेत्रीय अधिवेशनबाट सो संख्यामा प्रतिनिधि छनोट हुने भएका हुन्।

कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि प्रतिनिधि छनोट महत्वपूर्ण मानिन्छ । केन्द्रीय सभापतिलगायत समिति चयनका लागि क्षेत्रबाट चुनिएका प्रतिनिधि नै निर्णायक हुने हुँदा यसलाई महत्वपूर्ण मानिएको हो।

Back to top