×

काठमाण्डौ ।  गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ ।

दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ । सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न । हेर्नुस भिडियो

एलिजालाई भिडियोमा बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । लामो समयपछि भिडियोमा देखिएका यी २ जनाको अस्क्रीन रोमान्स रहेको छ । प्रहिल कार्कीको नै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य सिनेमाटोग्राफी, माधव बेल्बासेको सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ ।

भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (च्बलष् क्जबपथब) मार्फत सार्वजनिक गरिएको हो ।

Back to top