×

बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ ।

आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम-१८ स्टुडियोको प्रस्तुति रहेको ‘लाल सिंह चड्डा’को अद्वेत चन्दनले निर्देशन गरेका छन् ।

यो फिल्ममा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ । यसअघि यी दुईले बहुचर्चित फिल्म ‘थ्री इडियट्स’मा एक रोमान्टिक जोडीको रुपमा अभिनय गरेका थिए ।

‘लाल सिंह चड्डा’मा प्रीतमको संगीत छ भने अमिताम भट्टाचार्यले गीत लेखेका छन् । कोराना महामारीले झण्डै दुई वर्ष ठप्प बनेको सिनेमा उद्योग ‘सूर्यवंशी’को प्रदर्शनसँगै चलायमान हुन थालेको छ । अहिले धमाधम नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।

आमिरको ‘लाल सिंह चड्डा’ बहुप्रतीक्षित फिल्म हो ।

Back to top