×

भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । कम्तिमा एक सय जना अँझै वेपत्ता रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर जिल्लामा बर्षा र बाढीले जनधनको ब्यापक क्षति गरेको छ । वर्षापछि स्थानीय नदीहरु बढेर बस्तीमा पस्दा क्षति भएको हो ।


करीब २ हजार घरहरु डुबानमा परेको र हजारौं चौपायाको क्षति भएको जनाइएको छ । तिरुपति बालाजी मन्दिर क्षेत्रमा पनि बाढीले डुबाएको छ । बाढीमा फसेकाहरुको उद्धारका लागि वायु सेनालाई परिचालन गरिएको छ ।

डुबानका कारण उद्धार र पुनस्थापनामा कठीनाई भईरहेको त्यहाँको सरकारले बताएको छ । प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका परिवारका लागि तत्काल ५ लाख राहत दिने घोषणा गरेको छ ।

Back to top