×

वीरगञ्ज, ५ मंसिर ।  लामो बार्गेनिंङ र रस्साकस्सी पश्चात दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज प्रदेश २ सरकारमा सहभागी हुँदैछ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा एकीकृत समाजवादीले उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको छ । 

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेबारी प्रमोद यादवले सम्हाल्दैछन् । नेकपा (एस)लाई सरकारमा ल्याउन गएको मंगलबार नै जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारीबाट रामनरेश रायलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए । 
 
कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भइसकेको छ। 
मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी  छ ।  
 

Back to top