×

चिरञ्जीवी यादव, वीरगञ्ज ९ कार्तिक । पर्साको सखुवा प्रसौनी गाउँ पालिकाको वडा नम्बर २ श्रीपुरपचगावाँमा नेपाल कम्युनिस्ट पार्टी एमाले सखुवा प्रसौनी गापा एकाई कमिटीको आयोजनामा विरोध कार्यक्रम गरेको छ । विरोध कार्यक्रमको अगुवाइ एमाले नेता यसवन्त यादवले गर्नु भएका थिए ।, 


विरुद्ध कार्यक्रम १२ः३० मा सुरु भई गापा अध्यक्ष मुर्दाबाद, भ्रस्ठ कर्मचारी मुर्दाबाद, भ्रसट गापा प्रमुख मुर्दाबाद, असक्षम गापा अध्यक्ष मुर्दाबाद, नारा सहित गापा अध्यक्ष प्रदीप कुमार जयसवालको पुतला लिइ श्रीपुर परिक्रमा गरि गाउँपालिका अगाडि श्रीपुर पचगावा परिक्रमा गरि गाउँ पालिका अगाडि कोणशभामा परिणत भएको थियो । 


बिरोरोध रैली गरि गापालाइ ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको थियो । गापा अध्यक्षको तर्फको  मान्छे र बिरोध गर्न आएका मान्छेहरुबिच केही समय तनाव भएको थियो । 


२ घण्टा पछी इ प्र का पटेर्वासुगौली,इ प्र का एकटाङ्गा र शस्त्रप्रहरी बल सुरक्षा ब्यस क्याम्प बागेस्वरी तितरौनाको प्रहरीटोलिले भिडलाइ शान्तगरी भिड नियन्त्रण गरे पछी एमालेका कार्यकर्ताहरु गापामा सुचनाको हक दर्ता गराएका थिए।सुचनाको हकमा २०७४÷०७५ देखि हाल ०७७÷०७८ सम्मको रु.५२ लाखको चेक गापा प्रमुखलाई थाहा न दिई पैसा निकासा, १३ करोड बेरुजु, गापाको जग्गा खरिद बारे, १ बर्षमा इन्धन खर्चमा २६ लाख खर्च र गापा को भवन बारे सुचनाको हकमा माग गरिएको एमीलेका नेता यसवन्त यादवले बताए । 

सुचनाको हक दर्ता गराउन गएकाहरुलाइ गापा अध्यक्षले ७ दीन भित्र माग गरिएको सम्पुर्ण  कागज उपलब्ध गराउने बतए । 


आपस्मा  गापा अध्यक्षको पुतल दहन गर्दै गापा अध्यक्ष मुर्दावाद, असक्ष्म गापा अध्यक्ष मुर्दावाद, गापाबाट हुनेगरेको कमिसन खोरी बन्द गर बन्द गर, गापा अध्यक्षले आफ्नो स्वार्थ पुरा गर्ने आफ्ना जात र नातेदारका निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याएकोले तत्काल राम्रो  अधिकृत ल्याउ, र गापाको भ्रस्टचार बन्द गर, जन्ताको बहुदलीय जनवाद, जिन्दावाद लगाएत विभिन्न नारा सहित प्रदर्सन गरिरहेकोमा गापा अध्यक्षले आफ्नो मान्छे प्रयोगगरी झडप गराएका प्रत्यक्षदर्सीहरुको भनाइ रहेको थियो।झडपमा परी सखुवाप्रसौनी गापा को वडा नम्बर, ६ बस्ने अमिताभ बच्चन साह, वडा नम्बर,२ औराहा बस्ने लक्ष्मिनिया देवी र बिपती देवी घाइते भएको एमाले नेता यसवन यादवले बताए 

कार्यक्रम सकाइ सबैजना गापा  बाट सुचनाको हक  दर्ता गराइ घर फर्किरहेका एमालेका कार्यकर्ताहरुसङ्ग गापा अध्यक्षको मान्छेहरु सङ्ग गापाको वडा नम्बर, ३ र ५ को सडक बाटोमा गाली ग्लौज गर्नुको साथै झडपपनी भएको थियो ।

प्रहरीलाइ झडपको जानकारी पाए लग्तै इ प्र का एकटाङ्गा,प्रहरी चौकी महुवनका प्रहरीटोली पुगी झडपलाई नियन्त्रण गरेको इ प्र का एकटाङ्गाले जनाएको हो । सखुवाप्रसौनी गापा अध्यक्षले जानातालाइ केही न बुझी आफ्नो हैकम्बाद देखाउदै सुचनाको हक माग्दा आफ्नो गुन्डा प्रयोगगरी मारपिट जस्तो कृयाक्लाप गराएको एमाले नेता  यसवन्त यादवले आरोप लगाए ।

अहिले अवस्था समान्य रहेको भए पनि राजनिती रिस्बिमा झडप भएको  इ प्र का पोखरियाका प्र नी दीपक थापाले बताए।तर हामिलाइ जानकारी पाए अनुसार अहिले सखुवाप्रसौनी गापाको वडा नम्बर,५ बलुवामा झडप गर्नेहरु ग्रुप बनाएर  घुमिरहेको बताए।  यस झडपप्रती रेखदेखको लागि आफू गस्ती गरिरहेको इलाका प्रहरी कर्यालय पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिनु भएको हो ।
 

Back to top