×

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०४ हजार ५१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोनामुक्त भए, ११ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय २२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार २० जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ३५ हजार ४८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।

Back to top