×

वीरगञ्ज, ९ कार्तिक ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश २ सरकारले अध्यादेशमार्फत सरकार चलाउने प्रयास गर्नु गैरलोकतान्त्रिक र संविधानविरुद्ध भएको आरोप लगाएका छन् । 

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सोनलले दुई तिहाई सांसदहरुको समर्थन रहेको सरकारले संसद स्थगित भएको अवस्थामा चोरबाटोबाट अध्यादेश ल्याउनु संविधानसम्वत नभएको बताएका छन् ।

प्रदेश सरकारले सस्तो लोप्रियताका लागि विश्वविद्यालय सम्बन्धी २ वटा अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पुर्णरुपमा अलोकतान्त्रिक भएको सोनलको आरोप छ ।

सोनलले सांसदहरुको अधिकार छल्ने क्रियाकलापलाई सरकारले यथाशिघ्र सच्याई विधिको शासन कायम गर्न समेत सरकारसंग माग गरेका छन् । अध्यादेशमार्फत सरकार चलाउन खोजे र संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यन्वयन गरिए लोसपा कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी समेत दिएका छन् । 

प्रदेशको विकाश र सवलीकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै संसदमै विधेयक ल्याएर छलफल गर्न सोनलको माग छ । 
 

Back to top