×

वीरगञ्ज, ९ कार्तिक ।  शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएपछि बाराको पचरौता नगरपालिका वडा न.१ का विद्यार्थीहरु आन्दोलित भएका छन् । 

नगरपालिकाको वडा नं १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरपातिमा बिगत लामो समय देखि शिक्षक अभावका कारण पठन पाठन अवरुद्ध हुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको विद्यार्थीहरुको भनाई छ । 

विद्यार्थीहरुले शिक्षकहरुलाई विद्यालय भित्रै थुनेर तोडफोड गर्नुका साथै नगरपालिका समेत घेराउ गरेका छन् । 

तोडफोडबाट विद्यालयको झ्याल, ढोका, टेबुल कुर्सीका साथै कार्यालयमा समेत क्षती पुगेको छ भने नगरपालिका कार्यालयमा पनि समान्य क्षती भएको स्थानिय एक अभिभावकले बताएका छन् ।
 

Back to top