×

वीरगञ्ज, ९ कात्तिक । कोभिड–१९ को महामारीका कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आजबाट खुलेको छ । 

लामो समय बन्द भएको लाइसेन्सको आवेदन यातायात व्यवस्था विभागले अनलाइनमार्फत दिन सकिने व्यवस्था मिलाएको हो ।

फारम भर्नलाई विभागको वेबसाइटमा जानुपर्छ । ५ लाख बढीले आवेदनको लागि अनलाइन फारम भरेका थिए । उनीहरुको पनि लिखित परीक्षा हाल चलिरहेको छ । विभागको अनुसार चौतर्फी दबाब आएसँगै नयाँ आवेदन खुलाइएको हो ।
 

Back to top