×

वीरगञ्ज, ९ कार्तिक ।  एसिड पीडित वीरगञ्जकी मुस्कान खातुनलाई थप उपचारको लागी ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।

मन्त्री परिषदको मंगलवार बसेको बैठकले थप उपचारको पर्खाईमा रहेकी मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।

Back to top