×

वीरगञ्ज ९ कार्तिक । नेकपा (एमाले)को आज (मङ्गलबार) देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन हुँदैछ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो ।

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताउनुभयो ।

Back to top