×

वीरगञ्ज, ९ कत्तिक । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिकाका वडा अध्यक्ष पूर्वपक्षका लागि जेल चलान भएका छन् ।

गत साउन ३ गते सरकारी नम्बर प्लेटको गाडीमा ब्राउन सुगरसहित पक्राउ परेका पकाहमेनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमेरिका सहनी पुर्पक्षको लागि जेल चलान भएका हुन ।

पर्सा जिल्ला अदालतले सहनीलाई लागूऔषध मुदामा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको प्रहरीले जनाएको छ । वडा अध्यक्षसहित सोही स्थानका राम आदेश सहनीलाई पनि जिल्ला अदालतले सोमबार जेल चलान गर्न आदेश दिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यसैगरि सोही वडाका वडा सदस्य बलिष्टर सहनीलाई जिल्ला अदालतले एक लाख धरौटीमा छाडने आदेश दिएको खनालले बताए । 
गत साउन ३ गते वडा अध्यक्ष अमेरिका सहनीसहित वडा सदस्य बलिष्टर सहनी र राम आदेश सहनीलाई लागूऔषध खैरो हेराईनसहित प्रहरीले पक्राउ गरेको थियो ।

राति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

यस्तै उनको पछाडि ना ६२ प १९४२ नम्बरको अर्को मोटरसाइकलमा आउदै गरेका वडा सदस्य बलिष्टर र पछाडि बसेका रामआदेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Back to top