वीरगञ्ज, ८ कार्तिक । सामुदायि रेडियो नारायणी एफ एमले सोह्रौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर रेडियो मैत्रीपुर्ण ब्याडडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा रेडियो विन्दासलाई २–० को सोझो सेटमा पराजित गर्दै नारायणी एफ एमले नै उपाधि जितेको छ । पहिलो चरणमा आवाज एफ एमलाई र सेमिफाइनलमा रेडियो सान्भीलाई पराजित गरेको थियो ।
प्रतियोगितामा पर्सा जिल्लामा सञ्चालित ८ वटा एफ एम रेडियोहरुको सहभागिता रहेको थियो । विजयीहरुलाई कार्तिक १२ गते एक कार्यक्रमका बिच पुरस्कृत गरिने नारायणी एफ एमका प्रमुख कार्यकारी अधिकृत गोविन्द देवकोटाले बताए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा र नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जाराले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।