×

वीरगञ्ज ७ कार्तिक । पर्साको किसानद्धारा वीरगञ्जको मुख्य चौक घण्टाघरमा शनिबार प्रदर्शन भएको छ । बेमौसमी बर्षाले पिडित अन्नदाता किसानहरुको छतिपुर्ति तथा राहतको माग गर्दै वीरगन्जमा प्लेकार्ड सहित प्रदर्शन सम्पन्न गरिएको हो ।

पिडित किसानलाई छतिपुर्ति देउ, प्रति कठा राहत घोषणा गर, कृषि बिमा लागु गर, अन्नदाता किसान नबाचे हामी कसरी बाच्ने नारा सहित प्रदर्शन गरिको छ् ।

सहभागी सब किसान एवम् युवाहरुमाले सरकार हाम्रो माग पुरानगरे सम्म किसान सत्याग्रह जारि राखने बताएका छन।


यसवर्ष बेमौसमी वर्षाले किसानको बालिमा नोकसानि पुर्याएको यो नौलोघटना होइन। हरेक वर्ष मौसम परिवर्तन भईहुने भारीवर्षाले हावाहुरी, वर्षालगायत विभिन्न दैविकप्रकोपको समनागर्दै किसानहरुले भोगदैएका छन । 


तर सरोकारवाला पक्षले भनेकुनै चासो नदेखाएको भन्दै किसान सत्याग्रहको अर्को विकल्प नरहेको कार्यक्रममा उपस्थित समाजसेवी तथा यूवानेता ओमप्रकाश सरार्फले बताएका छन।

उनले भने किसानलाई चौतर्फी शोषण गरिएको छ । किसानले विभिन्न दुख पिडाको सामना गरि उत्तपादन गरेको खाद्यान्न सामाग्रीको बजार व्यवस्तपन नहुदा कृषकले उचित मुल्य नपाउनोको साथै व्यपारीसंग अपहेलित हुनु पर्ने कृषि प्रधान देशका लागी लाज मर्दोकुरा भएकोले अहिले पनि सरकारले हाम्रो माग पूरानगे ससक्त आन्दोलन गर्ने चेतावनी दिदै कर्यक्रम सम्पन्न गरिको थियो।

Back to top