×

फाइल तस्बिर

चिरञ्जीवी यादव, वीरगञ्ज ६ कार्तिक । पर्साको ग्रामिणभेगमा किसानहरु फड्के खैरो किराले धेरै नै ग्रसित भएका छन । 


बिगहौ भन्दा बढी धान बालीमा यो किराले अत्याधिक मात्रामा क्षति पुर्याएको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का किसान घुटुन पटेलले बताउनु भएका छन । 


सखुवाप्रसौनी गाउँ पालिका कृषि शाखा नायक प्राबिधिक सहायक दयाराम वाग्ले अनुसार खेतमा बढी चिस्यान भएको हुदा यो फडके खैरो किराले धानबालीमा क्षति पुर्याएको बताए । 


धानबालीमा यो किराहरु देख्ने बितिकै समयमा औषधि न छरेपछी पुरै खेतमा फैलिने र पुरै खेतको पराल जस्तो सुकेर बाली नस्ट हुने सम्भावना बढी हुने बताए ।

 
धानबालीमा  यो किरा लाग्दा धानको बाली हरियो पात, खैरो र सेतो किसिमका फुत–फुत उफ्र्ने किसिमका मसिना किराहरु हुन्छन । यो किराले गर्दा धान बालीमा क्षतीका लक्ष्णहरु धानका बिरुवाहरु सुकेर मर्दछन, बिरुवाहरु गाजिन र बढ्न सक्दैन र धानका बाला न लागि पराल जस्तो भइ बोट सुकेर जान्छ । 


यसको ब्यव्स्थापनको लागि उप्युक्त जात छनौट गर्ने, धान रोप्ने समयमा प्रती गाजा २÷३ वटा भन्दा बढी बेर्नाहरु न रोप्ने र नाइट्रोजन युक्त मलखादको उचित प्रयोग गर्ने तथा समयमा गोडमेल  तथा सरसफाइ जस्ता विधि अपनाउनु पर्ने ।


यो किरा खेतमा लाग्दा यस्को नियन्त्रणको लागि औषधिहरु ए सी फेट ७५% एस पी २ एमएल. वा बुप्रोफेजिन २५% एस सी १.५ एमएल वा फिप्रोनिल ५% एस जी २/३ एमएल वा इमिडा क्लोप्रीड १७.८% एस एल १ एमएल ४ लिटर पानीमा मिलाएर  किरा लागेको खेतमा  छर्दा यो किरा नस्ट हुने सखुवाप्रसौनी गाउँ पालिकाका  नायक प्राबिधिक सहायक दयाराम वाग्लेले जानकारी दिनु भएको हो ।
 

Back to top