×

मधुमेह भएका बिरामीहरूमा केही औषधी र स्वास्थ्य स्थितिका कारण एनिमिया हुने जोखिम बढी हुन्छ । यद्यपि यो चिन्ताको विषय होईन, शरीरमा लामो समयसम्म रगतको अभावले तपाईंको शरीरलाई कमजोर पार्दछ र रोगहरूबाट रिकभरीको दरलाई कम गर्दछ।

यस्तो अवस्थामा धेरै डायबिटिजका बिरामीहरु यो कुराले धेरै चिन्तित हुन्छन् कि रगतको कमीलाई हटाउनको लागी के चिज खानुपर्ने हो र के चिजलाई त्याग्नुपर्ने हो । हर्ने हो भने डाइबिटिजका बिरामीहरु रगत बढाउनका लागी नसोची जे पनि खाने गर्दछन्। यसले उनीहरूको ग्लूकोज स्तर बढ्ने र डाइबिटिज असन्तुलीत हुने खतराको जोखम बढ्न जान्छ ।

त्यसोभए आउनुहोस् जानौँ डाइबिटिजमा एनिमिया किन हुने गर्दछ त ? इन्डियन डाक्टर छवि अग्रवाल भन्ने गर्दछिन् डाइबिटिजमा एनिमिया कयौँ अलग कारणले आउने गर्दछन् । यदि तपाईलाई डाइबिटिज छ भने तपाईले एनिमियाको लागी हरेक दिन चेकअप गराउनु पर्ने हुन्छ ।

यदि तपाईले एनिमिया हो कि होइन भनेर सजिलै पहिचान गर्न सक्नुभयो भने यसबाट उत्पन्न हुने सबै बिमारीको हल तपाईले निकाल्न सक्नुहुन्छ । डाइबिटिजमा एनिमिया बिभिन्न तरिकाले हुने गर्दछन् ।

डाइबिटिजमा हेमोग्लोबिनको कमी : मधुमेहमा हेमोग्लोबिनको अभाव प्रायः यस तथ्यको कारणले हुन्छ कि शरीर पर्याप्त रातो रक्त कोषहरू बनाउन सक्षम हुँदैन । यसले तपाईलाई मधुमेह सम्बन्धी जटिलताहरू हुने सम्भाव्यता बढाउन सक्छ, जस्तै आँखा र स्नायु किडनी, मुटु र धमनीलाई बिग्रान सक्छ जो कि मधुमेह भएका बिरामीहरूमा बढी हुन सक्छ।

मृगौला रोग : मधुमेहले प्रायस् मिर्गौलामा क्षति पुर्‍याउँछ र मृगौला बिग्रिएमा एनीमिया हुन सक्छ। वास्तवमातपाईको स्वस्थ मिर्गौलाले थाहा पाउँदछ कि तपाईंको शरीरलाई कति खेर नयाँ रक्त कोषहरू चाहिने गर्दछ । यसले एरिथ्रोपोइटीन ९भ्एइ० नामक हार्मोन छोड्ने गर्दछ ।जसले तपाईको हड्डीको रगत कोशिकालाई बनाउनको लागि मदत गर्दछ। तर नराम्रो मिर्गौलाले यसो गर्न सक्षमहुँदैन । जसको कारण एनीमिया सुरु हुन्छ।

रक्त कोशिका सुनिनु : मधुमेहका बिरामीहरूमा रगत कोशिका सुनिनुको सम्भावना अत्याधिक बढी हुने गर्दछ । । यस कारणले गर्दाबोन्डमेराले रगत कोशिका बढी बनाउन सक्षम हुँदैन र रगत को अभाव हुन्छ। यस्तो अवस्थामा यो महत्त्वपूर्ण छ कि तपाईंले रक्त कोषहररुमा सुनिएको समस्यालाई रोक्नुहोस्।

असंतुलित मधुमेह : मधुमेह रोगीमा रगतमा चिनीको मात्रा निरन्तर उच्च रहन्छ, यस्तो हुँदा पनि व्यक्तिमा एनीमियाको जोखिम खतरा बढी हुन्छ। किनभने यसले पाचन प्रणाली र शरीरको बाँकी भागको कार्यलाई अवरोध गर्दछ।

औषधीको कारण: ड्रग्स को कारण : भिटामिन बी १२ को कमीको कारण मेटफोरमीनले मेगालोब्लास्टिक रक्ताल्पता निम्त्याउन सक्छ। त्यसकारण, यदि तपाइँ मधुमेहमा मेटफर्मिन लिइरहनुभएको छ भने निश्चित रूपमा डाक्टरसँग कुरा गर्नुहोस्।

डाइबिटिजमा एनिमिया भएका व्यक्तिले खानुहोस् यस्ता खाना: आइरनको फोर्टिफाइड रोटी र खाद्यान्न खानुहोस्, बीन्स र दाल प्रशस्त खानुहोस्, हरीयो सागसब्जी त्यसमा पनि पालकको सब्जी खानुहोस्, सुख्खा मेवा,जस्तो कि किशमिस खाने गर्नुहोस्।

सोया पनीर,रेड मिट,माछा,तपाईंको शरीरले फलामलाई राम्रोसँग अवशोषित गर्दछ, त्यसैले तपाईंले भिटामिन सी युक्त फलफूल र सब्जीहरु खानु पर्दछ।

डाइबिटिजका बिरामीले एनिमिया हुँदा के खानुहुँदैन ? चियाँ र कफी, दूध र केहि दुग्ध उत्पादनहरू, यस्ता खाद्यपदार्थहरु जसमाटेनिनहरू हुन्छन्, जस्तै अंगुर, मकै,ग्लूटेन युक्त खाना, जस्तै पास्ता र गहुँ, जौ, राई वा ओट्सबाट बनेको उत्पादहरू। एनिमियामा उच्च रक्तचाप र सुगरको लेबल ख्याल राख्नुहोस्। साथै किडनीमा पनि नजर राख्नुहोस्। साथै, समय-समयमा तपाईंको औषधिहरूको बारेमा डाक्टरसँग कुरा गर्नुहोस्। स्वस्थ आहार र सक्रिय जीवनशैली पछ्याउनुहोस्।

Back to top