×

छालालाई सूर्यको किरणबाट बचाउनुहोस् । घरबाहिर निस्किनुअघि एसपिएफ ३० भन्दा बढीको क्रिम प्रयोग गर्नुहोस् ।

अनुहार नियमित धुनुहोस् । मेकअप सफा गरेपछि अनुहार धुने बानी अनिवार्य बसाल्नुहोस् । बिहान या बेलुका व्यायामपछि पनि अनुहार धुनुहोस् ।

डन्डिफोर आएको छ भने निचोर्ने तथा फुटाउने नगर्नुहोस् । डन्डिफोर फुटाउँदा अनुहारमा पीडा हुनुका साथै अझै धेरै डन्डिफोर आउँछ ।

पटक–पटक अनुहार नछुनुहोस् । अनुहार धेरै छुँदा हातको फोहोर या तेल अनुहारमा लाग्छ । अनुहारका रौँका प्वालमा फोहोर जमेर संक्रमण हुन्छ ।
अनुहारमा नियमित टोनर प्रयोग गर्नुहोस् । तर, छालाअनुसार उपयुक्त टोनर आवश्यक पर्छ । टोनरले डन्डिफोर, दाग–धब्बाको समस्या कम गर्न तथा छाला सफा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

अनुहारमा स्क्रब गर्नुहोस् । स्क्रबले डेड सेल हटाउँछ र छाला चमकदार बनाउँछ । हप्तामा एकपटक स्क्रब गर्नु उपयुक्त हुन्छ । स्क्रब गरेपछि फेसियल, ब्लिचिंग आवश्यक नपर्न सक्छ । तर, धेरै स्क्रब भने नगर्नुहोस् । प्राकृतिक तेल बढी खेर जाँदा छालालाई झन् बेफाइदा गर्छ । समय–समयमा स्किनको ट्रिटमेन्ट पनि गर्नुहोस् ।

छाला नराम्रो हुने, डन्डिफोर आउने मुख्य कारणमा तनाव पनि पर्छ । त्यसैले तनावमुक्त रहनुहोस् । तनावमुक्त हुन विभिन्न उपाय अपनाउन सकिन्छ । योग, ध्यान गर्ने तथा संगीत सुन्ने गर्दा पनि तनावमुक्त भइन्छ ।

ेआफूलाई उपयुक्त प्रोडक्ट मात्रै प्रयोग गर्नुहोस् । साइड इफेक्ट हुने प्रोडक्ट प्रयोग नगर्नुहोस् ।

Back to top