×

वीरगञ्ज ४ कार्तिक । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले आफ्नो दल जनता समाजवादी पार्टी (जसपा) वीरगञ्जमा अराजकता र छाडापन नरोकिए आगामी निर्वाचनमा पार्टीले त्यसको ठूलो क्षति व्यवहोर्ने बताएका छन । 

वीरगञ्जमा बिहीबार आयोजित जसपाको जिल्ला स्तरीय विस्तारित बैठकमा बोल्दै सरावगीले कुनै लाभको पद नपाएको आक्रोशमा पार्टी नेतृत्वकै पुत्ला जलाउने, पार्टीको झण्डा जलाउने जस्ता हर्कत गर्ने गरेकोले पार्टीले त्यसको ठूलो क्षति व्यवहोर्ने बताए ।

वर्तमान सरकारमा जसपाले पर्सा निर्वाचन क्षेत्र १ बाट निर्वाचित जसपाका सांसद प्रदीप यादवलाई पार्टीले मन्त्री बनाएको भन्दै यादवका समर्थक र कार्यकर्ताले वीरगञ्जमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला र पार्टी कार्यालयको साइनबोर्ड जलाएर प्रदर्शन गरेका थिए । 

जसपाका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा बसेको बिहीबारको बैठकमा पार्टीका केन्द्रीय सदस्य हरिनारायणी रौनियार, वीरेन्द्र यादव, जनार्दन यादव, फिरोज मन्सुर, आत्मराम साह, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी लगायतको सहभागिता थियो । 

Back to top