×

वीरगञ्ज १ कार्तिक । पर्साको ठोरी गाँउपालीकामा हुलाकी सडकखण्डमा पर्ने ठुटेखोला पुलमा २० फिट अल्को स्थानमा १२ वटा राष्ट्रिय झण्डा आईतबार फर्फराएको छ ‌।

ठोरी वडा नम्बर २ का स्थानीय युवाहरूको समुहले सो स्थानमा राष्ट्रिय झण्डा गाडेका हुन । 

ठोरी वडा नम्बर का सुदिप थापाको अवधारणा र संयोजन सहित स्थानीय छतेन्द्र आचार्य, धर्म बिष्ट‌, धिर सिहँ, सुमन लामा, उमेश गौतम र महेश पराजुली सहितको समुहको सो कार्य गरेका हुन । 

ठोरी ऐतीहासीक भुमी मात्र नभएर प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य, प्रर्यटन प्रर्बधनको आधार, सिमा विवादमा जित हात पारेको भुमी, ठोरीको प्रमुख भारतीय प्रबेश‌ द्वार र स्वाभिनमा अडीक आम नेपाली जनता प्रती सकरात्मक सन्देश पुगोस् भन्ने उदेश्यले दर्जन नेपाली राष्ट्रिय झण्डा फहराएको संयोजक सुदीप थापाले बताए ।

उनले भने म सहितको हाम्रो समुहले समाजमा कहिले मलहमको रुपमा त कहिले प्रर्बद्धन अभियानका रुपमा कार्य गर्दै आईरहेकोमा यस पटक ठुटे खोला पुलमा राष्ट्रिय झण्डा फहराउनुका साथै ठोरी वडा नम्बर पिपलको चौतारामा सय मिटरको प्लाष्टिक कोटेड एल ई डी लाईट राखेको थापाले जानकारी दिए । हामी आफ्नो तवर बाट ब्यक्तीगत र सामुहिक रुपमा गाँउका लागी केही न‌ केही नयाँ अवधारणा स्थापित गरौं भन्ने अभियानमा छौं हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा पनी राख्दछौं उनले थपे । 

आ-आफ्नै ठाउँ बाट सबै लागी परे ठोरीलाई ठुलो चिनारी दिन सकिन्छ, स्थानीय सरकारले सबै स्थान वा क्षेत्रलाई योजना बनाएर अगाडी बढ्नु पर्छ । हरेक कुरा नारामा सिमीत राखेर मात्र हुदैन काम गरेर देखाउन उनले स्थानीय सरकारलाई आग्रह गरे ।

ठोरीको पर्यटन प्रबर्धनमा हर तवरबाट सबै मिलेर लागी परे छिट्टै ठोरीको पर्यटनले फड्को मार्ने उनको भनाई छ ।

Back to top