×

वीरगञ्ज ३१ असोज । बाराको नितनपुर चोक नजिक ट्यांकर र गाडी एक आपसमा ठोकिदा ३ जनाको मृत्यु भएको थियो दुर्घटनामा मृत्यु हुने ३ जना मोतीहारी निवासी रहेको पुष्टी भएको छ ।

मृत्यु हुने ३ जना बिहारको पूर्वी चंपारण जिल्ला मोतिहारीका ३४ वर्षीय राजन सर्राफ ३४  सूरज प्रसाद र २५ कृत सिंह रहेका छन ।


मोतिहारीका प्रसिद्ध सोनार लक्ष्मी प्रसादका छोरा सहित एक पंजाबी युवक रहेका थिए । पंजाबी युवक कृत सिंह पनि मोतिहारी बनियापट्टीका हुन । 

नेपाली ट्यांकर ना ३ ख ७५९४ र विपरीत दिशाबाट आएको भारतिय बि.आर. ०६ कयु. ४१४१ नम्बरको कार एक आपसमा शुक्रबार पौने ११ बज ठोकिदा गाडी सवार दुइजना र एक जना गाडी चालक गरि तीन जना मृत्यु भएका थियो ।


 

Back to top