×

वीरगञ्ज २७ असोज । ममतामयी माता, तारा देवी प्रजापतिको स्मृति तथा बिजयदशमी २०७८ सालको सुखद उपलक्ष्यमा अजय प्रजापतिद्वारा वीरगञ्जस्थित गहवामाई मेलामा बुधबार विहान निशुल्क खाजा वितरण गरेको छ । अष्टमीको दिन गहवामाई दर्शन गर्न आउने सयौं भक्तजनहरुलाई प्रजापतिले भुजा, चाना, बुनिया र पानी वितरण गरेको हो ।

हरेक साल झै यस बर्ष पनि वीरगञ्जको प्रसिद्ध गहवामाई मेलामा आउने भक्तजनहरुको भोक र प्यासलाई मध्यनजर गर्दै मानव सेवाको लागि आर्दशनगर चौकमा जलपानको ब्यवस्था गरिएको अजय प्रजापतिले बतए ।


ममतामयी माता, तारा देवी प्रजापतिको स्मृतिको सहयोगले अजय प्रजापतिले विभिन्न मानव कल्याणका कार्यक्रम गर्दै आएकोमा ती दाताहरुलाई धन्यवाद दिदै आउने दिनमा यस्ता समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने नेकपा एमालेका नेता बसुरुदिन अनसारीले बताए ।


 

Back to top