×

वीरगञ्ज २७ असोज । द् हन्द्रेड्स ग्रुप पर्सा लगयात संघ संस्थाहरुले बडादशैँको अवसरमा विभिन्न स्थानबाट वीरगञ्जको गहवामाई मन्दिरको दर्शन गर्न आउने श्रद्धालु र भक्तहरुको सहयोग स्वरूप सेवा शिविर सञ्चालनमा ल्याएको छ ।

टाँढा-टाँढाबाट गहवामाईको दर्शन गर्न र बलि चढाउँन आउने श्रद्धालुहरुलाई प्राथमिक स्वास्थ्य उपचार, औषधी, मास्क र पानी जस्ता महत्वपूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले सेवा शिविर सञ्चालनमा ल्याइएको हो ।

वीरगञ्जस्थित संस्कृती, वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल नेपाल ८, युवा वचन, प्रकाश थारु फाउन्डेशन, पर्सा हेल्थ क्लिनिक, नेशनल इन्फोटेक कलेज लगायत संघ संस्थाहरुसँगको सहकार्यमा मंगलबारदेखि जारी सेवा शिविरबाट सयौं व्यक्ति लाभ्वान्वित भएको जनाइएको छ ।

हेन्द्रेड्स ग्रुपका अध्यक्ष विनय गिरीका अनुसार सेवा शिविर आज साँझ सम्म जारी रहने जानकारी दिए । गिरीले सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा आफुमाथिको विश्वासलाई कायम राख्न आग्रह गरे ।

Back to top