×

वीरगञ्ज २७ असोज । कोरोना महामारीको कारण दुई वर्षदेखि प्रभावित भएको वीरगञ्जको दसैं मेला यसपाली भव्यताका साथ लागेको छ । वीरगञ्जमा यसपाली मेलाको रौनक बढेको छ । वीरगञ्जको शक्तिपीठहरु गहवा माई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, विर्तामाई मन्दिर, काली मन्दिरलगायत मन्दिर दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।


 

Back to top