×

टेलिभिजन स्टार काइली जेनरले नयाँ कस्मेटिक ब्राण्डको प्रमोशनका लागि फोटोशुट गराएकी छन् । उनले न्यूड भएर खुनी अवतारमा गराएको उक्त फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनले केही दिन अगाडि मात्रै नयाँ कस्मेटिक ब्राण्डको लागि मिट प्रिटेन्ड कस्ट्युममा फोटोशुट गराएकी थिइन् । त्यसलगत्तै उनले फेरि न्यूड भएर गराएको यो फोटोलाई नराम्रो प्रतिक्रिया धेरै आएको छ ।

तस्बिरमा काइलीको पूरै शरीरभरी रगत लतपतिएको छ । ह्वाइट ब्याकड्रपमा रगतले भरिएको काइलीको फोटो डरलाग्दो देखिन्छ । काइलीको उक्त डरलाग्दो फोटो हरर फ्रेन्चाइजीसँगै कोलाबोरेशनका लागि शुट गरिएको हो । 

काइलीको उक्त तस्बिरको उद्देश्य कस्मेटिक ब्राण्डको प्रमोशनका लागि भए पनि दर्शकले भने गलग व्याख्या गरिरहेका छन् । उनी गर्भवती हुँदा हुँदै पनि त्यस्तो फोटोशुट गराएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । 

 

 

 

Back to top