×

दिल्ली पुलिसले पाकिस्तानका एक ‘आतंकवादी’ लाई पक्राउ गरिएको दाबी गरेको छ । मंगलबार प्रहरीले दिएको जानकारीअनुसार यी व्यक्तिले दिल्लीमा आक्रमण गर्ने योजना बनाइरहेका थिए । प्रहरीका अनुसार उनलाई दिल्लीको लक्ष्मीनगर इलाकाबाट गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार यी व्यक्ति पहिचान लुकाएर जाँदै थिए, र उनको साथबाट एके–४७ राइफल, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ पनि बरामद भएको छ । प्रहरीले ठूलो हमलालाई टार्न सफल भएको दाबी गरेको छ । 

यी व्यक्तिको नाम मोहम्मद असरफ अली रहेको प्रहरीले जनाएको छ । उनी पाकिस्तानको पञ्जाबका स्थायीवासी हुन् र पछिल्लो १० वर्षदेखि भारतमै छ । स्पेशल सेलका डिसिपि प्रमोद कुशवाहाले समाचार एजेन्सी एएनआईसँग भनेका छन्,‘पछिल्ला १० वर्षदेखि ऊ भारतको परिचय पत्र बोकेर यहाँ बसिरहेको थियो । ऊ स्लिपर सेलसँग जोडिएको छ र हिंसात्मक गतिविधिमा संलग्न छ ।’

Back to top