×

बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् । आज पनि उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

उनै, अमिताभले जन्मदिनको अवसर पारेर एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, एक पान मसलासँगको संझौता सकिएको जानकारी दिएका छन् ।

पान मसलाको विज्ञापन सार्वजनिक भएको केही हप्तापछि अमिताभले ब्रान्डसँग सम्पर्कै गरेका थिए । उनले, गत साता नै यो यो ब्रान्डसँगको संझौता अगाडि नबढाउने फैसला लिएका थिए । जब अमिताभ यो बूान्डसँग जोडिएका थिए त्यतिबेला उनलाई यो विज्ञापन सरोगेट अन्र्तगत पर्छ भन्ने थाहा थिएन । अमिताभले ब्रान्डसँगको संझौता खारेज गर्दै प्रमोशन शुल्क समेत फिर्ता दिएका छन् ।

जब, यो विज्ञापन सार्वजनिक भएको थियो त्यसपछि अमिताभको सामाजिक संजालमा खुबै ट्रोल पनि भएको थियो । अमिताभलाई यस्ता विज्ञापनमा काम गर्न किन पर्यो भनेर धेरै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न पनि गरेका थिए ।

जसको जवाफ दिदै अमिताभले भनेका थिए–‘म माफी चाहन्छु । तर, यदि कसैको व्यवसायमा सहयोग पुग्छ भने त्योसँग किन जोडिन्छ भनेर सोच्नु हुँदैन । यदि व्यवसाय हो भने हामीले पनि आफ्नो व्यवसायको बारेमा सोच्नु पर्दछ । तपाइलाई मैले किन यो विज्ञापनमा काम गरे भन्ने लागेको होला । यो विज्ञापनमा काम गर्दा मलाई पैसा मिल्छ । हाम्रो उद्योगमा जो लाखौं मानिसहरु काम गर्छन्, उनीहरुलाई पनि रोजागर मिल्छ ।’

अमिताभ पान मसलाको विज्ञापनमा देखिएपछि एक एनजीओ कम्पनीले उनलाई पत्र लेखेर यो ब्रान्डलाई प्रमोशन नगर्न आग्रह गरेको थियो ।

Back to top