×

वीरगञ्ज २५ असोज । होटल तथा पर्यटन व्यवसायी संघद्वारा पर्साबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बिदाई गरीएको छ । 

पर्साबाट सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज पर्साले आईतबार साँझ बिदाई गरेको हो । 
आाईतबार संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई विदाई गरीएको हो । 

विदाई कार्यक्रममा सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले वीरगञ्ज बसाईमा होटल तथा पर्यटन व्यवसायीहरुसँगको सौहार्दपूर्ण वातावरण बनाउन मुख्य भूमिका निर्वाह गरेको र खासगरी सीमा नाका खोल्नमा पनि सहयोग गर्नुभएकोमा सम्मान सहित विदाई गरेको संघका अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 

Back to top