×

वीरगञ्ज  २४ असोज । आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सयले बढेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २५० रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला ११७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top