×

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा बुझाएका छन् । उनले आज बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजिनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनाइएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो । त्यसपछि उनले आज राजिनामा दिएका हन् । शुक्रबार नियुक्त भएका हमाल ३ दिनमै राजिनामा बुझाउने मन्त्री भएका छन् ।

Back to top