जनकपुर २३ असोज । संघीय मन्त्रीपरिषद्ले पूर्णता पाएपछि शनिबार साँझ जनकपुरधाम आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
अध्यक्ष यादवलाई प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पार्टी नेता तथा पूर्वमन्त्री हरिनारायण यादव, प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, पूर्वराज्यमन्त्री सरोजसिँह कुशवाहा, शेषनारायण यादवलगायतका नेताले स्वागत गरेका छन् ।
अपराह्ण ४ बजे आउने भनिएका अध्यक्ष यादव विमान ढिलो हुँदा साँझ साढे छ बजेमात्र जनकपुरधाम आएका हुन् । अध्यक्ष यादवको प्रतीक्षा सयौँ नेताकार्यकर्ताहरू प्रतीक्षारत रहेका थिए ।