×

वीरगञ्ज, २१ असोज ।  वीरगञ्जको घण्टाघरमा चाडवाडलाई लक्षित गर्दै नागरिक सहायक कक्ष स्थापना गरिएको छ ।

सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मुर्लीले नागरिकलाई सहयोग गर्ने अभिप्रायले बिहिवार एक कार्यक्रमका बिच कक्षको स्थापना गरेको हो ।

प्रहरीसँगै केन्द्रका पदाधिकारीहरुले हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजय दशमी, तिहारसँगै छठ पर्वलाई मध्यनजर गर्दै सहायक क्षा स्थापना गरेका हुन् ।

चाडवाडको समयमा कसैको सामान हराएमा, कोही व्यक्तिलाई कुनै समस्या परेमा सहयोग गर्ने कक्षको उद्देश्य छ ।

सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम कुमार सर्राफको अध्यक्षतामा भएको नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीषक दिनेश गौतम, सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष विदुर गुप्ता, मुर्लीका सचिव दिलिप प्रधानसहित प्रहरी एवम् केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

Back to top