×

वीरगञ्ज, २१ असोज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा बिहिवारदेखि कार वाटिका डेकोरेशन सञ्चालनमा आएको छ । 

समयले फड्को मारेसँगै अहिले सवारी साधनको अपरिहार्यता बढ्दै गएको छ । यद्यपी कार धेरैले खरिद गरेर चलाएपनि आवश्यक डेकोरेशनका लागि भारतको पटना, काठमाण्डौ जानुपर्ने बाध्यता थियो । सोही बाध्यतालाई मध्यनजर  ३ जना युवा उद्यमीहरुले सयुँक्त रुपमा लगानी गरेर कार वाटिका डेकोरेशन सञ्चालन गरेका हुन् । 

कृष्ण, खेतान, हिमान्शु चौधरी र रितिक चौधरीले लगभग २५ लाखको लागतमा सञ्चालन गरेको कार वाटिका डेकोरेशनमा कार वाशिंग, कार डिटेलिंग, कार एसेसरिज लगायतका सेवा सुविधाहरु उपलब्ध छन् । 

एनजी, होण्डाई, महिन्द्रा, सुजुकी, टाटा लगायतका विभिन्न कम्पनीहरुका गाडीमा प्रयोग हुने हरेक डेकोरेशन सामाग्रीका लागि अब बाहिर जान नपर्ने सञ्चालकमध्येका कृष्ण खेतानको भनाई छ । 

कार वाटिका डेकोरेशनको बिहिवार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खना, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष एवम् पत्रकार राम सर्राफ, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थितीमा उद्घाटन गरिएको हो । 


 

Back to top