वीरगञ्ज १६ असोज । प्रोग्रेशिभ फाईनान्सले लि. आफ्ना ग्राहक महानुभावहरुको आवश्यकतालाई लक्षित गरी नारायणी सेन्ट्रल हस्पिटल प्रा. लि. बिरगञ्जसंग स्वस्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ ।
प्रोग्रेशिभ फाईनान्स लिमिटेडको डेबिट कार्ड तथा मोबाईल बैन्किङ प्रयोगकर्ता महानुभावहरुले सजिलै नारायणी सेन्ट्रल अस्पाताल प्रा.लि. बिरगञ्जबाट विभिन्न उपचारमा १५ प्रतिस्द सम्म छुट पाउनुहुनेछ ।
फाईनान्सका डेबिट कार्डबाहक तथा प्रोग्रेशिभ स्मार्ट एप प्रयोगकर्ताहरुले सो नारायणी सेन्ट्रल हस्पताल प्रा. लि. बाट विभिन्न उपचारमा १५ प्रतिस्द सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।
सो सम्झौता पत्रमा प्रोग्रेशिभ फाईनान्स लि. सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुमन क्यालले हस्ताक्षर गर्नु भएको छ ।
फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले यस सेवाबाट प्रोग्रेशिभ फाईनान्स लि. का ग्राहक महानुभावहरु थप सहुलियत प्राप्त हुनेछ साथै प्रोग्रेशिभ फाईनान्स लि. ले १५ वटा शाखा र ५ वटा एक्स्टेन्सन काउन्टरबाट सहज, सरल र प्रविधीमय बैन्किङ सेवा प्रदान गर्दै आएको जानकारी गराउनु भएको छ ।