×

वीरगञ्ज १६ असोज । मेडिकल र किरानाका अवैध मालसामान ढुवानी गरिरहेको एउटा ट्रक प्रहरीले वीरगञ्जमा सामानसहित पक्राउ गरेको छ ।

वीरगञ्जबाट मकवानपुरको हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–ख ०३३० नम्बरको मालवाहक ट्रक शुक्रबार दिउँसो सवा १२ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरी परिचालन र कारबाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा प्रहरीले जाँच गर्दा अवैध सामान भेटिएको हो । ट्रकचालक भने फरार भएका छन् ।

चालक फरार भएपछि बेवारिसे भएको ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । ट्रकमा करिब ३० लाख रूपैयाँ बराबरको सामान रहेको उनले बताए ।

ट्रक थप अनुसन्धानका लागि शुक्रबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ । 

Back to top