×

वीरगञ्ज १६ असोज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार ग्रीनसिटी डकुमेन्ट्रीको बिरगञ्ज महानगर पालिकाका मेयर बिजय सरावगीले उद्द्घाटन गर्नु भएको थियो ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विगत ७ वर्ष देखि वीरगञ्ज शहरलाई सुन्दर, हरियो र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्य गर्दै आएको छ ।

यस कार्यमा ग्रीनसिटी अध्यक्ष जय प्रकाश खेतानले ग्रीनसिटीका सदस्यहरुको साथ मिलेर समुदाय–प्रहरी सङै मिलेर, वीरगञ्ज महानगर पालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, ट्राफिक प्रहरी, व्यवस्थित वीरगञ्ज अभियानको टीम, स्थानियहरु लगायत वीरगञ्जका विकासमा सक्रियताको साथमा लाग्नु भएका विभिन्न व्यक्तित्व र संघ संस्थाहरुसंग सहकार्य गरी अगाडि बढी रहनु भएको छ ।

सो कार्यक्रममा पर्सा प्रहरी उपरीक्षक ओमप्रकाश खनाल, वडा नं १० का अध्यक्ष राम नगिना प्रसाद साह कानु, ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक सुमन कार्की, ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान, उपाध्यक्ष संजय शर्मा, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा, त्रिलोक चन्द्र दारुका, रतन टेमानी, कैलाश बजाज, सुशील कादमिया, राकेश अग्रवाल, राजकुमार दारुका, छपकैया सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ग्यासुद्दीन मियां, वरिष्ठ नेत्र विशेषज्ञ महेश सिंह धामी, सञ्जय खंडेलवाल, गोपाल खेतान,सुशील धुरका,संचार कर्मी नीरज पीठाकोठी, कन्हैया लाल केसरी, अजीत भुजेल,शंकर आचार्य, संतोषमान रजितकार लगायतका स्थानिय हरुको उपस्थिति रहेको थियो। एक कार्यक्रम बीच स्विच अन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

 

Back to top