×

संसारमा थाइराइड (थाइरोइड) का विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । विभिन्न अन्तराष्ट्रिय तथ्यांकहरुलाई मान्ने हो भने आज प्रत्येक १० व्यक्तिमध्ये ४ जना थाइराइडको समस्याबाट पिडित छन् । तौल बढ्नु र हार्मोनसमा हुने गडबडीले गर्दा थाइराइडको समस्या हुने गरेको छ । पछिल्लो समय नेपालमा पनि थाइराइड रोगिहरुको संख्या बढ्दै गएको छ । यो रोगबाट पिडित हुनेमा मुख्यतया महिला रहेको तथ्यांकले देखाउँछ । तर थाइराईड रोग लाग्दैमा आत्तिनु पर्ने अवस्था छैन । विज्ञान र प्रविधिको विकाससँगै यस रोगको उपचार पनि छ । सही समयमा थाइराईडको पहिचान गर्नसक्ने यसलाई झन् बढ्न र उपचार गर्न पनि सकिन्छ । रोगका लक्षण देखिन बितिकै चिकित्स्सकसँग परामर्श गरेर परिक्षण गराउँदै औषधी उपचार सुरु गर्न हामी चिकित्सकहरुको सुझाव हुन्छ ।

के हो थाइराइड ?

थाइराइड घाँटीको अघिल्लो भागमा अवस्थित एउटा ग्रन्थी हो । यो ग्रन्थीले थाइरोक्सिन (टी–३ र ट्राइआयोडो थाइरोनीन) टी–४ हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । हामीले खाएको खानालाई मेटाबोलिज्मले उर्जामा परिणत गर्छ र त्यो उर्जालाई तपाईको शरीरले सन्तुलित तरिकाले कार्य गर्न प्रयोग गर्छ । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपरथाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन हुनुलाई हाइपोथाइरोडिज्म् भनिन्छ ।

थाइराइड रोग कसलाई हुन्छ ?

थाइराइड रोग जो कोहिलाई पनि हुन् सक्छ - पुरुष, महिला, शिशु, किशोर र वृद्ध । केही व्यक्तिमा जन्मैदेखि थाइराइडको समस्या हुन्छ (सामान्यतया हाइपोथायरायडिज्म) भने केहीमा समयसँगै यो रोग विकास हुन्छ (प्राय महिनावारी हुने समय पार गरी सकेको महिलाहरुमा) । पुरुषको तुलनामा महिलामा थाइराइड लाग्ने सम्भावना ८ गुणाले बढी हुने सम्भावना हुन्छ ।

कस्तो अवस्थामा थाइराइडको रोग लाग्ने जोखिम बढी हुन्छ ?

परिवारमा कसैलाई पहिलादेखि थाइराईड रोगको समस्या छ भने व+zfनुगत हिसाबले तपाईंलाई पनि थाइराइड हुने जोखिम हुन्छ । त्यसैगरी रगतको कमी भएको व्यक्ति, मधुमेह (चिनी), लुपस, अर्थराईटीस जस्ता रोगबाट ग्रसित भएको व्यक्तिलाई थाइराईड रोग लाग्ने समस्या हुने गरेको हामीले पाएका छौँ । त्यस्तै यदि तपाईले बढी आयोडिन भएको औषधी जस्तै एमीडरोन खाFदै हुनुहुन्छ भने पनि तपाईंलाई थाइराईड रोग हुन सक्ने सम्भावना हुन्छ । थाइराईड महिनावारी बन्द भएका र ६० वर्ष कटिसकेका महिलाहरुमा बढी हुन्छ । त्यस्तै पहिला थाइराईड अथवा क्यान्सर रोगको उपचार गराई सक्नु भएको छ भने पनि थाइराईड लाग्ने जोखिम उच्च हुन्छ  ।

किन हुन्छ हाइपोथायरायडिज्म र हाइपरथाइरोइडिज्म् (थाइराइड) ?

हाइपोथायरायडिज्म हुने कारण:

थाइरोइडाइटिस: थाइराइडको ग्रन्थीमा हुने सूजनलाई थाइरोइडाइटिस भनिन्छ । थाइरोइडाइटिस हुँदा तपाइँको थाईराईडले उत्पादन गर्ने हर्मोनको मात्रा कम हुन जान्छ ।
हाशिमोटो थाइरोइडाइटिस: यो एक पीडा रहित रोग, हाशिमोटो थाइरोइडाइटिस एक स्वतः प्रतिरक्षा अवस्था हो जहाँ शरीरको कोशिकाहरुले थाइराईडलाई आक्रमण गर्दै क्षति पुर्‍याउँछ  । यो एक वंशानुगत अवस्था हो ।
प्रसवोत्तर थाइरोइडाइटिस: प्रसवोत्तर थाइरोइडाइटिसको ५ देखि ९ प्रतिzत सुत्केरी महिलाहरुमा अस्थायी रुपमा हुने गर्दछ ।
आयोडिनको कमी: हाम्रो शरीरलाई नियन्त्रित र सन्तुलित ढंगबाट चलाई राख्न आवश्यक हर्मोनहरु थाइराइडले आयोडिन मार्फत निर्माण गर्छ । त्यही आयोडिनको कमी हुँदा हाइपोथाइराइड रोग लाग्ने गरेको छ । आयोडिनको कमीबाट आज विश्वमा लाखौँ मान्छे पिडित छन् ।
जन्मैदेखि हुने थाइराइड ग्रन्थीको समस्या: कहिलेकाहिँ, जन्मदेखि नै थाइराईड ग्रन्थी सही तरिकाले काम गरिरहेको हुँदैन । यसको] उपचार सही समयमा नहुँदा बच्चामा भविष्यमा शारीरिक र मानसिक दुवै समस्याहरु हुन सक्छन् ।
हाइपरथाइरोइडिज्म् हुने कारण:

ग्रेभ्स रोग : शरीरमा प्रतिरक्षण प्रणालीले कहिलेकाँही गल्तीले तपाईंको थाइराईड ग्रन्थी माथि आक्रमण गर्दा ग्रेभ्स रोग लाग्ने गर्दछ । ग्रेभ्स रोग लागेको अवस्थामा थाइराईड ग्रन्थी अति सक्रिय हुन्छ र शरीरलाई चाहिनेभन्दा धेरै हर्मोन उत्पादन गर्न थाल्छ । ग्रेभ्स रोग लाग्ने कारण अहिलेसम्म पत्ता लाग्न नसकेपनि बढी धुम्रपान गर्दा यो रोग लाग्ने गरेको विज्ञहरु बताउँछन् ।
आयोडिनको मात्रा बढी भएमा : शरीरलाई सन्तुलित ढंगबाट चलाई राख्न थाइराईडले आयोडिन प्रयोग गरेर हर्मोन निर्माण गर्ने गर्दछ । तर जब शरीरमा आयोडिनको मात्रा बढी हुन्छ अनि थाइराईडले आवस्यकता भन्दा धेरै उत्पादन गर्न थाल्छ जसले गर्दा थाइराईडको समस्या । हामीले खाने केही औषधी जस्तै कफ सिरप (खोकीको लागि खाने औषधी) आयोडिनको मात्रा बढी भएको पाइन्छ ।
थाइराईडका लक्षण:

थाइराईड रोग लागेपछि तपाई विभिन्न प्रकारका लक्षणहरु अनुभव गर्नुहुन्छ । तर थाइराईडका लक्षण अन्य धेरै रोगहरुसँग मिल्दोजुल्दो हुने गरेका छन् र उमेर अनुसार यो फरक हुन सक्छन । यसले गर्दा तपाईमा देखिएको लक्षणहरु थाइराईडका नै हुन् भन्न कहिलेकाँही कठिन हुन जान्छ ।
हाइपरथाइरोइडिज्मका लक्षण

  • चिन्ता, चिन्ता र घबराहटको अनुभव
  • सुत्नमा समस्या
  • तौल घट्ने
  • थाइराइड ग्रन्थी ठूलो हुने
  • मांसपेशीमा कमजोरी र कम्पन
  • अनियमित महिनावारी अथवा महिनावारी हुँदै नहुने
  • दृष्टिमा समस्या अथवा आँखा जलन

हाइपोथायरायडिज्मका लक्षण

  • थकित महसुस
  • तौल बढ्दै जाने
  • विर्सिने समस्या हुने
  • महिनावारीको समयमा धेरै रगत आउने
  • बोल्न समस्या हुने
  • चिसो मौसममा असहज हुने

थाइराईडको उपचार:

हामीले थाइराईडको उपचार गर्दा तपाईंको हर्मनको स्तर पुन: सामान्यमा ल्याउने प्रयास गर्छौं । यसलाई विभिन्न किसिमले गर्न सकिन्छ र प्रत्येक उपचार तपाईंको थाइराइडको अवस्थामाथि निर्भर गर्दछ ।यदि तपाईंलाई हाइपरथाइराईड छ भने हामीले एन्टी थाइराईड ड्रग्स दिन्छौं यसले थाइराइडलाई आवश्यQmf भन्दा बढी हर्मोन उत्पादन गर्नबाट रोक्छ । त्य:तै रेडियोएक्टिभ आयोडिन पनि एउटा प्रक्रिया हो जसले तपाईं थाइराइडका सेलहरुलाई नष्ट पार्छ र थप हर्मोन बनाउँनबाट रोक्छ । हाइपरथाइराइडको उपचार गर्ने एउटा विधिमध्ये बेटा ब्लाकर्स औषधी पनि हो । यसले तपाईंको शरीरमा निर्माण भइरहेका हर्मोनहरुको मात्रामा त कुनै परिवर्तन गर्दैन तर यसले लक्षण भने नियन्त्रण गर्छ । अन्तमा थाइराइडको उपचार गर्न शल्यक्रिया पनि एउटा विधि हो । चिकित्सकले शल्यक्रिया मार्फत तपाईंको थाइराइड हटाउन सक्छ तर त्यसपछि जीवनभर तपाईंलाई थाइराईड रिप्लेस्मेन्ट हर्मोनको औषधी खानु पर्छ । त्यसैगरी यदि तपाईंलाई हाइपोथायरायडिज्म छ भने हामी चिकित्सकहरुले त्यसपछिको उपचारका लागि थाइराईड प्रतिस्थापन औषधी प्रयोग गर्छौं । औषधीले तपाईंको शरीरमा थाइराईडका हर्मोनहरु थप्ने काम गर्दछ ।

थाइराईड रोगबाट जोगिने उपाय:

थाइराईड रोगबाट जोगिन हामीले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कार्य भनेकै सन्तुलित मात्रामा आयोडिनको सेवन हो । किनभने आयोडिन बढ्नु र घट्नु दुवै शरीरका लागि हानिकारक हुन्छन् र थाइराईड रोगलाई निम्त्याउँछन् । त्यसैले हामीले चिकित्सकको सुझाव अनुसार सन्तुलित मात्रामा आयोडिन सेवन गर्नुपर्दछ । त्यसैगरी बाहिरी र प्याकेजिंग गरेको खाने कुरा धेरै खाँदा पनि थाइराईड हुनसक्ने अध्ययनले देखाएको छ । त्यसैले बाहिरी, बढी चिल्लो र प्याकेज्ड फुडबाट टाढा रहेको ठिक । बढी धुम्रपान र मद्यपानले गर्ने व्यक्तिलाई थाइराईड रोग लाग्ने जोखिम हुनसक्छ । तसर्थ हामीले कुनैपनि प्रकारको धुम्रपान र मद्यपानबाट पनि आफुलाई टाढा राखेको ठिक ।

लेखक नारायणी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन् । उनि वीरगञ्जको विर्तास्थित पर्सा हेल्थ क्लिनिकमा पनि परामर्श सेवा दिन्छन ।

Back to top