×

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाएका छन्। ​

अमेरिकालेले ६५ वर्षभन्दा माथिका नागरिकलाई फाइजर खोपको तेस्रो डोज लगाउन सिफारिस गरेको छ। ७८ वर्षीय बाइडेनले पहिलो र दोस्रो डोज लगाउँदा आफूलाई साइड इफेक्ट नभएको पनि बताए।

उनले पहिलो डोज डिसेम्बर २१ र दोस्रो डोज जनवरी ११ मा लगाएका थिए।  करिब २६ लाख अमेरिकीले बुस्टर डोज लगाइसकेको अधिकारीहरुले बताएका छन्। 

Back to top