×

बारा १२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरबाना नजिकै बेङाई पैनी बाँधमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ ।


साथीहरुसँगै पौडी खेल्ने क्रममा सिमराका अन्दाजी ४० बर्षिय भगवान काजी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।


मृतक कार्की नेपाली सेनाका अवकास प्राप्त जवान भएको बुझिको छ । घटना स्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


उक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।


पैनीबाट सिंचाई गर्न बाँध निर्माण गरिएको छ । बाँधमा जमेको पानिमा पौडि खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो ।
विस्त्रित विवरण आउन बाँकी…

Back to top