×

दिल्लीको रोहिणी अदालत परिसरमा भएको सुटआउटपछि ग्याङ्स्टरबीच सोसल मिडियामा धम्कीको सिलसिला सुरु भएको भारतीय सञ्चार माध्यमले बताएको छ । सोसल मिडियामा एक बयान भाइरल भइरहेको छ जसमा भनिएको छ, ‘हामी चुप बसिरहेका छौं भन्नुको अर्थ हामी मरिसक्यौं भन्ने होइन । चाँडै नै धमाका हुनेछ । सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’ २४ सेप्टेम्बरमा रोहिणी कोर्ट रुममा चर्चित ग्याङस्टर जितेन्द्र उर्फ गोगीको हत्या गरिएको थियो ।

त्यसपछि यस्तै खालको एक बयान सोसल मिडियामा भाइरल भइरहेका छन् । जसमा यी ग्याङ एक–अर्कामाथि हमला गर्ने र रगतको नदी बगाउने दाबी गरिरहेका छन् । ग्याङस्टर गोगीको मृत्युपछि सोसल मिडियामा अर्को एउटा मेसेज भाइरल भइरहेको छ जसले दिल्ली प्रहरीलाई तनावमा पारेको बताइएको छ । गोगीका साथी चर्चित ग्याङस्टर काला जठेडी र लरेन्स विश्नोई समूहले उनको शवको फोटोसहित एउटा मेसेज दिइएको छ । यसमा भनिएको छ, ‘नयाँ युद्धको सुरुवात हो । जो हाम्रो साथमा छैनन् । आजबाट सबैले आफ्नो ध्यान राख्नुहोस् । अब यो युद्धमा कोही पनि सुरक्षित छैनन् । यो जायज होस् वा नहोस् । आजबाट सडकमा रगत सुक्ने छैनन् । युद्धको नियम फेरिइसकेको छ ।’

वास्तवमा गोगीको हत्या दिल्लीमा ग्याङस्टरबीच हुने ग्याङवारको नतिजा थियो र गोगीको हत्याको अरोप उनको सबैभन्दा ठूलो दुश्मन सुनिल मान उर्फ टिल्लू ताजपुरियामाथि लागेको  छ । प्रहरीको सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार मंडोली जेलमा कैद टिल्लूले नै गोगीको हत्याको षड्यन्त्र रचेका थिए । 

यो पनिः

 

 

 

 

दिल्लीको अदालतभित्र गोली चल्यो : एक ग्याङ्गस्टरसमेत तीन जनाको मृत्यु


यसबाहेक अन्य थुप्रै सन्देश छन् जसले गोगीको मृत्युपछि दिल्ली–एनसीआरमा रक्तपात नरोकिनेतर्फ इशारा गरिरहेका छन् । 

Back to top