×

वीरगञ्ज, ११ असोज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

शान्ता महर्जनको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, प्रदेश कमिटी सदस्य किशोरी कुशवाहा, वीरगञ्ज महानगर कमिटीका अध्यक्ष  मनोज चौधरी जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, शंकर कर्ण, सन्तोष सिँह, जिल्ला सदस्य अनिल पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  । 

भेलाले उमेश ठाकुरको अध्यक्षतामा गठित नेकपा एमालेको समानान्तर वार्ड कमिटी लाई नेकपा एकीकृत समाजबादीमा समाहित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भोलले साबित्री रोक्काको अध्यक्षतामा ११ सदस्यीय महिला संगठन र मुकेश महराको अध्यक्षतामा ७ सदस्यीय युवा संघको समेत गठन गरेको छ ।
 

Back to top